महिला सहयात्रा लघुबित्तले ३ करोड ३० लाखको आईपिओ निश्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

महिला सहयात्रा लघुबित्तले ३ करोड ३० लाखको आईपिओ निश्कासन गर्ने



काठमाडौं  । शेयर बजार प्रति धेरैको चासो बढिरहेको अवस्थामा नयाँ आईपिओ आउने भएको छ । महिला सहयात्रा लघुबित्त संस्थाले असार ८ गतेबाट ३ करोड ३० लाख बराबरको सर्वसाधारणका लागि प्राथमिक शेयर निश्कासन गर्ने भएको हो । करिब सय जना उद्यमशील महिलाहरुद्धारा संञ्चालित यस लद्युवित्तको जारी शेयरपूँजी रु ११ करोड मध्ये रु. ७ करोड ७० लाख संस्थापक शेयरधनीबाट खरिद भईसकेको, बाँकी ३० प्रतिशत अर्थात रु. ३ करोड ३० लाख बराबरको शेयर सर्वसाधारणको लागि निश्कासन गर्न लागेको हो । शेयर निश्कासन प्रवद्र्धकको रुपमा नबिल इन्भेष्टमेन्ट फण्ड रहेको छ ।

यस कम्पनीको शेयरका लागी न्युनतम् ५० कित्ता र अधिकतम् २००० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सेयर जारी गरेपश्चात कम्पनीको पुँजी ११ करोड रुपैयाँ पुग्ने छ ।

संस्थापक शेयर स्वामित्वतर्फ क वर्गका इजाजत पत्र प्राप्त संस्थाहरुमा प्राइम कर्मसशियल बैंकको १८ दशमलव १८ प्रतिशत, नबिल बैंकको ५ दशमलव १९ प्रतिशत शेयर स्वामित्व रहेको छ भने अन्य इजाजत प्राप्त संस्थाहरुमा काठमाडौं फाइनान्स लि.को ५ दशमलव १९ प्रतिशत, सिभिल मर्चेन्ट वित्तिय संस्थाको ५ दशमलव १९ प्रतिशत र अन्य बाँकी संस्थापक शेयर सदस्य शेयरधनीको रहेको छ । नेपालमा कम्पनीहरुको ग्रेड रेटिङ गर्ने संस्था इक्राले यस लघुवित्तलाई ४ रेटिङ प्रदान गरेको छ । इक्रा नेपालले १ देखि ५ अंक स्केलमा ग्रेडिङ प्रदान गर्छ जस अनुसार यस संस्थालाई औसत भन्दा तल देखिए पनि  यहि ग्रेडिङको आधारमा लगानीका हिसाबमा नराम्रो भन्न नमिल्ने बताइएको छ ।

प्रकाशित : ३२ जेष्ठ २०७२, सोमबार १४:४२