सहकारी दिवसलाई प्रभावकारी बनाउन के गर्नु पर्छ ? यस्तो छ सहकारीकर्मीको धारणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सहकारी दिवसलाई प्रभावकारी बनाउन के गर्नु पर्छ ? यस्तो छ सहकारीकर्मीको धारणा



सहकारी अभियानले हरेक वर्षको चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरेको छ । चितवनमा २०१३ साल स्थापना भएको बखान ऋण सहकारी समितिको सम्झना गर्दै यो दिवस मनाउने गरिएको हो । यो वर्ष सहकारी अभियानले ६५ औँ सहकारी दिवस मनाउँदै छ । प्रत्येक बर्ष मनाइने सहकारी दिवसलाई प्रभावकारी बनाउन के गर्नु पर्छ भन्ने बिषयमा केन्द्रित रहेर केही सहकारीकर्मीहरुसंग लिइएको धारणा ।

सदस्यलाई सहकारीको महत्व बुझाउन जुटाैँ

मधुसुधन पाठक, सचिव,जेष्ठ साकोस

सहकारी दिवस मनाउने आ आफ्नो तरीका हुन्छ त्यसमा राष्ट्रिय सहकारी महासंघ लगाएत विभिन्न संघहरु रहेका छन्। अहिलेको सहकारी दिवस कसरी मनाउने भन्ने बिषयमा छलफल गर्न चाहि बाँकी छ । तर सहकारीले प्रत्येक संघसंस्थामा जोड्न सकियोस्, सहकारीकर्म गरिराख्दाका तनाव समस्याहरुलाई मुक्त गर्न सकियोस,बर्ष भरि भए गरेका कामलाई एकअर्का प्रणालीमा जोड्न सकियोस भनेर सहकारी दिवस मनाईन्छ जस्तो लाग्छ मलाई ।

खासगरि नेपाली जनताहरुमा एकै किसिमको चेतना छैन त्यसमा सदस्यहरु त्यति जागरुक नभईकन पनि संस्थाहरु अगाडी बढिराखेका छन् । तर कतिपय सहकारीले सदस्यहरुलाई पनि जिम्मेवार बनाउन प्रयत्न गरिरहेका छन।

सदस्य आफैमा पैसा कमाउने,लगानी गर्ने,दिने पैसा नतिर्ने त्यो बाहेक सदस्यले आफ्नो दायित्व बोध गरेजस्तो मलाई लाग्दैन् । त्यसैले सबै सदस्यहरुलाई अनिवार्यतामा जोड्दै लग्ने हो भने सहकारी संघले त्यो किसिमको भुमिका गर्यो भने लाखौ सहकारी,लाखौ बचतकर्ता सहकारीको सदस्यहरु एउटा मुमेन्टमा आउनसक्छ भन्ने लाग्छ।

हाम्रो नेतृत्त्वले नै एक हिसावको आत्मसाथ गरेर गयो भने सदस्यहरुलाई बुझाउन सकिन्छ जस्तो लाग्छ मलाई । यो बर्ष कसरी मनाउने भन्ने बिषयमा हामी सरसल्लाहमै छौ ।

संचालक समितिले अहिले नै निक्यौल गरेको छैन् । तर आएको निर्देशन अनुसार नै हुन्छ । यद्यपी सहकारी निकायहरुबाट आएको निर्देशन,सहकारी महासंघबाट आएको निर्देशन हामिले पालना गर्नुपर्छ। हाम्रो संस्थाले छुट्टै मनाउने भन्दापनि सहकारीहरुसंग मिलेर आफ्नो सदस्य,आफ्नै सहकारीका कर्मचारी हरुसग मिलेर शुभकामना आदान प्रदान गर्ने सोचमा छौ ।

सहकारीको व्यवसायीकरणमा जोड दिनुपर्छ


कवि न्याैपाने, प्रमुख कार्यकारी अधिकृत, सिवाईसी साकोस

प्रवर्द्धनको चरणमा भएका सहकारीहरुलाई अब कसरी व्यवसायिकरण गर्ने , सहकारीहरुलाई कसरी दिगोपना कसरी दिने जस्ता बिषयमा छलफल कुनै नितिगत निणर्यहरु गरेर चलाउन सकियो र यस्ता कार्यक्रम सप्ताहव्यापी बनाउन सकियो भने अझ राम्रो हुन्छ ।

सुरुका चरणमा सहकारीहरुको आबश्यकता थियो नयाँ सहकारीहरु खोल्नु पर्थ्यो जनताहरूलाई सु सूचित गर्नु पर्थ्यो सदस्य बन्नुस भनेर भन्नु पर्थ्यो अब त्यो चरण रहेन । सदस्यलाई सु-सुचित गर्नै समग्र सहकारी अभियानलाई समग्र रुपमा व्यवसायिक दिगो बनाउनको लागि कार्यक्रमहरु केन्द्रित हुनुपर्छ।

हामीले र्याली गरेर ,सचेतना मुलक कार्यक्रम गरेर पनि गरियो ,कहिलकाहीं सहकारीको विषयमा अन्तर्क्रिया गोष्ठीहरु गरेर पनि गर्यौ तर यसलाई व्यापक बनाएर सप्ताह व्यापी रूपमा सबै किसिमका कार्यक्रम गर्न सकियो र सरोकारवालाहरु सगं छलफल अन्तरक्रिया गरेर सहकारी अभियानलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने बिषयमा छलफल गर्न सकियो भने यसले सार्थक पाउँछ जस्तो लाग्छ।

सदस्यहरुलाई बुझाउने बिषयमा पहिला त सदस्यलाई सहकारी क्षेत्रको महत्त्व, सहकारीमा किन सदस्य बन्नु पर्छ यसले समाजमा कस्तो प्रभाब पर्न सक्छ, हामीले सहकारी मार्फत के के योगदान दिन सक्छौ भन्ने कुरा बताउन जरुरी छ । अहिले संचालक समितिहरुले नै चलाईरहेको छन् सहकारी भन्ने आरोप छ।

यस्लाई बिस्तारै चिर्दै जानु पर्छ । सहकारी भनेको सबै सदस्यको हो सबै सदस्य मिलेर बनाईएको प्रतिनिधि मात्र संचालक हुन् । त्यसैगरी संचालकलाई राखेर काम व्यवस्थित बनाउन, गुणस्तरिया बनाउन कर्मचारी राखिएको हो भन्ने कुरा बुझाएर गरियो भने, खासमा अझ सदस्यहरुलाई राखेर गर्न सकियो भने अझ राम्रो हुन्छ।

हाम्रो २२ हजार शेयर सदस्यहरु हुनुहुन्छ भने उहाहरुलाई सहकारी दिवसको अबसरमा सहकारीका वितिय साक्षरता कुरा ,सहकारी स्थापना हुनुका उद्देश्यीय सैदान्तिक पक्ष,यसका कोर भ्यालु यसको मूल्य मान्यताहरुको बिषयमा अझ सु-सुचित गर्न सकियो भने अझ राम्रो हुन्छ ।

सदस्यलाई वित्तिय साक्षरता जरुरी

ईन्द्र घिमिरे
प्रमुख कार्यकारी अधिकृत
हाम्रो साकोस

चैत २० गते नेपालमा पहिलो सहकारी संस्थाको स्थापना भएको हो । त्यसैको उपलक्ष्यमा सहकारीले औपचारिक रुपमा नेपालमा सुरुवात् भएको आधार मानेर यस्लाई उत्सबको रुपमा मनाउने गरेको हो। पहिला पहिला सहकारी दिबस मनाउने भनेको सहकारी महासंगको अगुवाईमा काठमाडौँमा र्यालीहरु हुन्थ्यो तर केहि वर्ष अघि देखि हामीले ललितपुरमा पनि छुट्टै मनाउने गरेका छौ। र्याली गरेर , गोष्ठी गरेर मनायौँ तर यो वर्ष कसरि मनाउने भन्ने कुराको निश्चित भइको छैन। कोभिडको कारणले सामाजिक दुरी कायम गरि खासै मनाउन मनाउन सकिएको छैन।

सदस्य जानकार भएनन् सञ्चालक मात्रै बुझ्ने भए भन्ने आरोप पनि हामीलाई छ। हामीले हाम्रा सदस्यहरुलाई प्रारम्भिक संस्थाले सदस्यहरुलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरेको छ। सकेसम्म १० गते देखि २० गते सम्म कतिवटा गर्न सकिन्छ, सहकारीको बारेमा आफ्ना सदस्यलाई वित्तिय साक्षरता कार्यक्रम चलाउदै छौँ। ।

सदस्य सम्म कसरी पुग्ने भन्नेमा ध्यान दिउ

जितेन्द्र नकर्मी
सचिव, बनेपा साकोस

सहकारी दिवस मनाउने भनेको एक आपसमा हौसल्ला प्रधान गर्ने लगायतका विभिन्न कारणले सहकारी दिवस मनाउने गरिन्छ। अघिल्लो वर्ष हामीले अन्तरक्रिया कार्यक्रम गरेर मात्र मनायौ अरु खासै केहि गरेनौ।

सचेतनामुलक कार्यक्रम गरेर सहकारी साक्षरता कार्यक्रमहरु, सहकारी शिक्षा कार्यक्रम , विभिन्न तालिम गोष्ठी गरेर सदस्यलाई सहकारीको बारेमा बुझाउन सकिन्छ ।

हाम्रो संस्थाले सहकारी दिवस मनाएको छैन र मनाउदैनौँ पनि । अघिल्लो वर्ष जिल्ला सहकारी संघ, सहकारी महासंघले गरेको कार्यक्रममा एकबद्धता जनाएका थियौ ।

प्रस्तुतिः नमिता दुलाल

प्रकाशित : ६ चैत्र २०७८, आईतवार १०:०७