फरवार्ड माइक्रोफाइनान्सको ६ लाख कित्ता आइपीओ आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फरवार्ड माइक्रोफाइनान्सको ६ लाख कित्ता आइपीओ आउँदै



काठमाडौं, ३  कात्तिक  । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था ले सर्वसाधारणका लागि ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण शेयर   निष्काशन गर्ने भएको छ ।

आइपीओ निष्कासनको अनुमतिको लागि कम्पनीले पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डबाट आईपिओ निष्काशनको अनुमति पाउने बित्तिकै आइपीओ निष्काशन गर्ने तयारी रहेको कम्पनी जानकारी दिएको छ ।

IPOs1

कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्न यसअघि नै नबिल इन्भेस्टमेन्ट बैंक लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यो माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय सुनसरीमा रहेको छ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था राष्ट्रिय स्तरको वित्तिय संस्था हो । यस संस्थाले देशभर ७५ वटा शाखा कार्यालयमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : ३ कार्तिक २०७३, बुधबार ०२:२४