शेयर बजारका बादशाह वॉरेन बफेटबाट केहि सिक्ने कि ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शेयर बजारका बादशाह वॉरेन बफेटबाट केहि सिक्ने कि ?



warren-buffett-3jpgअमेरिकीको वॉरेन बफेटको नाम नसुन्ने शेयर लगानीकर्ता संसारमा कमै होलान् । कुनै यस्तो कारोबार पत्रिका, अखबार , टीभी च्यानल छैन जसमा उनी बारे चर्चा नभएको होस् । बिल गेट र कार्लोस स्लिमपछि वॉरेन संसारको तेस्रो सबैभन्दा ठुलो उचाईमा पुगेका व्यक्तिको रुपमा लिइन्छ । वॉरेन बफेट आज संसारको सबैभन्दा धनी मानिन्छन् । यहा हामी वॉरेन बफेट धनपति हुनुको कारण बारे चर्चा गरिरहेका छैनौं । अथाह सम्पतिको मालिक भएपनि उनको जीवन शैलीको कुरा गर्दैछौ ।

हाम्रो समाजमा हामीले नवधनाढ्य मानिसद्वारा आफ्नो सम्पतिको घमण्ड , तड़कडभड़क गरेको देख्छौं तर वारेन बफेटको उदय संसारको कुनै नवधनाढ्यकोभन्दा बिल्कुल फरक रहेको छ। कारोबारको बिषयमा सबै रणनीति बारे राम्रो दखल राख्ने वॉरेन बफेटमा धरै यस्ता खुबी छन् जसको कारण उनको नामले एउटा छुटै पहिचान दिने गर्दछ ।

वॉरन बफेटसंग कति संपत्ति छ भने कुनै हिसाब किताब छैन तर बिल गेट्स पछाडी उनी संसारको सबैभन्दा धनी मानिन्छन । फोर्ब्स पत्रिकाको अनुसार वॉरेनसंगै ६८ दशमलव ९ बिलियन बराबरको सम्पति छ । यसलाई नेपाली रुपयोंमा रुपान्तरण गर्दा ६८ खर्ब ९० अर्ब रुपैयाँ हुने गर्दछ । आफ्नो सम्पतिको ८० प्रतिशत एक सामाजिक संगठनलाई दान दिएर वॉरेन बफेट अमेरिकी इतिहासमै यति ठुलो धन राशि दान गर्ने पहिलो ब्यक्ति भएका छन्। ।
आज पनि उनी सन् १९५३ सालमा किनेको पुरानो घरमा बस्छन ।
उनले अथाह सम्पति कसरी अर्जित गरे त ?

अमरीकी शहर ओमाहाको नेब्रास्कामा ३० अगस्ट १९३० सालमा जन्मेका वॉरन बफेटका पिता शेयर कारोबारी थिए । ११ वर्षको कलिलो उमेरमै बुबासंगै शेयर बजार कारोबारी जीवनको शुरुवात गरे। आफुलाई चाहिने पाकेट खर्च निकाल्नको लागि उनले पत्रिका पनि बेचे । १३ बर्षको उमेरमा बफेटले पहिलो शेयर प्रतिफल प्राप्त गरे । तरपनि उनलाई पैसा कमाउने शुरुआत धेरै ढिला गरेकोमा निकै अफसोश भई रह्यो । करिब १५ को उमेरमा ओपेन हाईस्कूलका साथीहरुसंग मिलेर एक कपाल काट्ने पसलमा पिन बॉल मशीन लगाएर उनले राम्रो पैसा कमाए । त्यो पैसाबाट वॉरेनले ४० एकड़को एक फार्म किने । त्यसपछि वारेनले आफ्नो कुशल कारोबारी दिमागको भरपूर उपयोग गर्दै शेयरमा लगानी निरन्तरता दिए । उनले राम्रो पैसा कमाए ।

२० वर्षको उमेरमा अमेरिको प्रतिष्ठित हॉर्वर्ड स्कूलमा उनले प्रवेश गर्न खोजेका थिए तर सफल भने हुन सकेनन् । पछि बफेट कोलंबिया बिज़नेस स्कूलमा प्रवेश गरे । उक्त स्कुलमा वॉरेनले बैंजामिन ग्राहम र डेविड डॉड जस्तो अर्थशास्त्रीबाट शेयर बजारमा लगानी गर्ने शुत्र सिक्ने मौका पाए ।

वॉरेन बफेट ूओरेकल अफ ओमाहाू अर्थात् ओमाहाको सबै भन्दा ठुलो लगानीकर्ताको रुपमा पनि चिनिन्छन् । वॉरेनले अमरीकाको कोकाकोला ,वेल्स फार्गो एण्ड कम्पनी, जिलेट, अमेरिकन एक्प्रेस, प्रोक्टर एण्ड ग्याम्बल , क्राफ्ट फूड्स जस्ता ठुलो कम्पनीहरुमा धेरै लगानी गर्ने गर्थे । यी कम्पनीहरुमा ठुलो स्वामित्व कसैसंग छ भने त्यो वारेन बफेटसंग रहेको छ ।

वॉरेन बफेटसंग जति अथाह सम्पति रहेको छ यति नै उनको जीवन शैली सरल रह्यो। वॉरेनले आफ्नो जीवन त्यही पुरानो घरमा बिताए जुन उनले करिब ५० वर्ष पहिले किनेका थिए। उनी आफ्नो गाडी सधै आफै चलाउने गर्दथे। उनले कहिले न आफुसंग ड्राइबर राखे न कोई सुरक्षा गार्ड । उनले जीवनमा कहिले निजि बिमानबाट यात्रा गरेनन जबकि उनी संसारकै ठुलो विमान कम्पनीका मालिक हुन् । उनको कम्पनी बर्कशायर हेथवेको स्वामित्वमा ६३ वटा कम्पनीहरु रहेका छन् । उनी आफ्ना सबै सीईओलाई बर्षमा एक पटक मात्र चिठी लेख्दथे जसको विषय पुरै एक वर्ष भरि गरिने कामहरुको सुची र सुझावहरु हुन्थ्यो।
उनले कहिले पनि आफ्ना अधिकारीहरु, कारोबारीसंग कुनै बैठक राखेनन । उनले सबै अधिकारीको लागि दुई मुलमन्त्र दिने गर्दथ्यो ९
पहिलो ९ शेयर होल्डरको धन कुनै हालतमा नोक्सान नगर्नु र दोस्रो कहिले पनि पहिलो नियम न बिर्सिनु,
उनले आफ्नो समय कहिले पनि ठुला र उच्च वर्गका मानिसहरु कहाँ हुने पार्टीहरुमा बिताएनन। वॉरेन बफ़ट्ले जीवनभर कहिले कुनै किसिमको निजि मोबाईल, कम्प्यूटर र ल्यापटपको प्रयोग गरेनन । मकै खुब मन पराउने बफेट खाली समयमा टेलिभिजन हर्न गर्दथ्ये । केहि वर्ष अगाडी गूगल कम्पनीका मालिक बिल गेट्सले उनलाई भेट्नको लागि आधा घण्टा समय निकाले , तर जब बिल गेट्सले उनीलाई भेटे, दुई जना बीचको भेटघाट करिब आठ घण्टा सम्म चलेको थियो।

नँया पुस्ताका युवाहरुलाई उनको सन्देश :
क्रेडिट कार्डको मानसिकतासंग टाढा रहनु र जहिले आफुले आफुलाई लगानी गर्ने बानी गर्नु ।
सम्पतिले मानिस बनाएको होइन बरु मानिसले सम्पति बनाएको हो ।
आफ्नो जीवनलाई जति सक्दो सहज र सरलतासंग जिउन सकिन्छ, जिउन कोशिस गरौं ।
अरुले भनेको कुराको भरमा कहिले काम नगर्नु , बस उनको सुन्नु र त्यही मात्र काम गर्नु जसले आफ्नो हित गर्न छ र अरुलाई नोक्शानी पनि नहोस ।
राम्रो कम्पनीको कपडा लगाउनु भन्दा आरामदायक कपडा राम्रो हुन्छ
यदि आफुसंग पैसा छ भने अनावश्यक रूपमा खर्च गर्नु भन्दा यस्तो मानिसहरुमा खर्च गर्नु जसलाई आवश्यक छ उ।
आफ्नो जीवन आफै बाचौं , अरुलाई आफ्नो मालिक बन्न नदिनु । एजेन्सीको सहयोगमा

प्रकाशित : ३ कार्तिक २०७३, बुधबार ०२:४४