शेयर बजारमा उतार चढावः लगानीकर्ता भन्छन- लगाम लगाउने नीति अंगाल्दा समस्या भयो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शेयर बजारमा उतार चढावः लगानीकर्ता भन्छन- लगाम लगाउने नीति अंगाल्दा समस्या भयो



काठमाडाैं । पछिल्लो समय नेपालको पूँजी बजारमा देखिएको हलचल र अस्थिरता जारी छ । नियामक निकायले शेयर बजारलाई लगाम लगाउने नीति अंगाल्दा बजार निरन्तर गिरावट आएको लगानीकर्ताहरुको बुझाइ छ । शेयर बजार एउटा गतिमा दौडिरहेको अवस्थामा नियामक निकायहरुले बजारलाई प्रभावित गर्ने गरी नयाँ नीति ल्याउँदा लगानीकर्तामा निराशा छाएको लगानीकर्ताहरु बताउछन् ।

अस्वभाविक रुपमा बजार घटबढ हुँदा कतिपय लगानीकर्ताहरु शेयर बिक्री र खरिद गर्न सकिरहेका छैनन्। शेयर बजारमा उतारचढाव आउनु सामान्य मानिन्छ। तर, निरन्तर बजार ओरालो लाग्दा लगानीकर्ताहरुमा निराशा देखिन थालेको छ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति नै शेयर बजार घट्नुको मुख्य कारण रहेको लगानीकर्ताको बुझाइ छ। बैंकले मौद्रिक नीतिमार्फत एउटा वित्तीय संस्थाबाट चार करोड र सबै वित्तीय संस्थाबाट १२ करोड रुपैयाँभन्दा बढी शेयर कर्जा लिन नपाउने व्यवस्था गरेको छ। नाफाको आशमा बसेका लगानीकर्ता चालु आर्थिक वर्षको नीतिले लगानीमा क्याप लगाइदिएको भन्दै हतोत्साहित छन्। लगानीकर्ताहरुको बुझाइमा अर्को पक्ष भनेको बैंकको ब्याजदरमा भएको उतार चढाब र अर्थ मन्त्रालयबाट सपोर्ट नहुनु हो ।

अहिले सेयर बजार घट्नुको मुख्य जिम्मेवार ब्याजदरमा वृद्धि, राष्ट्र बैकले जारी गरेको मौन्द्रिक निति रहेको शेयर लगानीकर्ता छोटेलाल रौनियार बताउछन् । बैंकको ब्याजदरमा आएको उतार चढाबको कारणले पनि लगानिकर्तामा देखिएको अन्यौलताले बजार घट्दो अवस्थामा पुगेको रौनियारको तर्क छ ।

बजार घट्नुमा तरलता असहज एउटा पाटो हो र मुख्य पाटो भनेको नियमक निकायले बनाएको निति पटक पटक परिवर्तन हुनु बजार घट्नुको मुल कारण रहेकोनेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको बुझाइ छ । बैंकमा बढ्दै गएको तरलता अभावका कारणले पनि शेयर बजारमा लगानी गर्न लगानीकर्ताले नपाएको उनले बताइन । बजार हल्लाको पछाडी नलागी चुनाव पछिको माहोल सम्म लगानीकर्ताले कुर्नु अहिलेको आवश्यकता रहेको पोखरेलको भनाई छ ।

अहिलेको बजार अतालिनु पर्ने आवस्थामा नरहेको कतिपय लगानीकर्ताहरुको भनाई छ । बजार आत्तिहाल्नुपर्ने स्थितीमा नरहेको लगानीकर्ता नयन बास्तोलाको भनाई छ । अहिलेको अवस्थामा उतारचढाब आउनु स्वभाविभक रहेको बताउछन् । बैकको ब्याजदर बढ्यो जसले गर्दा बजारमा अलिकति घट्बढको स्थिती आएको उनको तर्क छ । चैत १५ पछि तरलतामा केही सहजता होला र त्यसपछिको महोल कस्तो हुन्छ त्यसमा भर पर्ने बताए। पछिल्लो समय भएको उतार चढावलाई सामान्य रुपमा लिनुपर्ने बास्तोला बताउछन । अहिलेको शेयर बजारबाट लगानीकर्ताले राम्रा कम्पनी छानेर लगानी गर्ने र बजारमा आएका हल्लाको पछि नलागे बजारले नयाँ मोड लिने बास्तोलाले बताए ।

प्रकाशित : ६ चैत्र २०७८, आईतवार १९:४०