चीनमा १३२ जना यात्रु बोकेको विमान दुर्घटना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

चीनमा १३२ जना यात्रु बोकेको विमान दुर्घटना



काठमाडौं । एक सय ३२ यात्रु बोकेको चीनको यात्रुवाहक विमान दक्षिण पश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ । बीबीसीका अनुसार युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा एउटा पहाडी जंगलमा दुर्घटनाग्रस्त भएको हो ।

उक्त्त विमान कुमिङबाट स्थानीय समय अनुसार दिउँसोको १ १५ बजे ग्वाङजाउका लागि उडेको थियो ।अहिले उद्धार टोली घटनास्थलमा पुगेका छन् । घटनाको विस्तृत विवरण आउन भने बाँकी छ । यता, सम्बन्धित एयरलाइन्सले पनि दुर्घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । (Agency)

प्रकाशित : ७ चैत्र २०७८, सोमबार १६:५८