पुँजी र सिकेको सीप नेपालमा सदुपयोग गर्न गैरआवासीय नेपालीलाई अर्थमन्त्रीको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

पुँजी र सिकेको सीप नेपालमा सदुपयोग गर्न गैरआवासीय नेपालीलाई अर्थमन्त्रीको आग्रह



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गैर आवासीय नेपालीलाई मुलुक बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा सदुपयोग गर्न आग्रह गरेका छन् ।

मंगलबार एनआरएनएको १० औं विश्व सम्मेलन उद्घाटन गर्दै मन्त्री शर्माले बाहिरबाट सोचेजस्तो लगानी आउन नसकेको भन्दै बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा ल्याउन आह्वान गरे ।

उनले मुलुकको विकासका एनआरएनएको निकै ठूलो भूमिका भएको भन्दै नेपालमा बैंक खाता खोल्न सहज बनाइएकाले सबैलाई १ हजार डलर राखेर बैंक खाता खोल्न आग्रह गरे ।

मुलुकको विकासका लागि वार्षिक १७ देखि २० खर्ब लगानी आवश्यक रहेकाले बिभिन्न साझेदार संस्थाबाट ल्याएको लगानी पर्याप्त नरहेको शर्माको भनाइ थियो ।

प्रकाशित : ८ चैत्र २०७८, मंगलवार १७:५५