राष्ट्रिय सहकारी महासंघले युवा र उद्यमशीलताका विषयमा गाेष्ठि आयोजना गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय सहकारी महासंघले युवा र उद्यमशीलताका विषयमा गाेष्ठि आयोजना गर्दै



काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले आगामी चैत्र २५ र २६ गते “नेशनल युथ फोरम कोअपरेटिभ इन्टरप्रेनियरसीप” को आयोजना गर्ने भएको छ । कार्यक्रम काठमाडौंको होटल एभरेष्टमा आयोजना हुन लागेको जनाएको छ ।

कार्यक्रममा देशभरका दुई सय पचास सहकारीका सञ्चालक,युवा उद्यमीहरु र प्रतिनिधिहरुको सहभागिता रहने महासंघका सञ्चालक तथा युवा फोरमका संयोजक सागर ढकालले वताए ।

गेष्ठिमा विभिन्न चार विषयमा छलफल र प्रस्तुती समेत हुनेछ । गोष्ठिमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका गोविन्द घिमिरे, अष्ट्रेलियाका पूर्व राजदुत महेश दाहाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोका लगायतले नेपालमा युवा र उद्यशीलता विषयका सेसनमा आफ्नो प्रस्तुतीहरु पेश गर्ने संयोजक ढकालले वताए ।

सहकारी मार्फत युवा उद्यमशीलता वृद्धि गर्न सहयोग गर्नु गोष्ठिको प्रमुख उद्देश्य रहेको महासंघले जनाएको छ । “नेपालमा युवाहरुलाई उद्यमशील वनाउने तथा मुलुकको आर्थिक विकास र समृद्धिमा युवाहरुको सहभागीता र योगदान बढाउन फोरमले भमिका खेल्ने अपेक्षा हामीले गरेका छौं”–संयोजक ढकालले भने । फोरमले सहकारीको नीति निर्माणमा युवा सहभागिताको लागी दवाव सिर्जना गर्न र सहकारीमा नविन सोच, प्रविधिको विस्तार साथै युवा मैत्री वातावरण निर्माणमा फोरमले सहयोग पु¥याउने अपेक्षा रहेको ढकालले वताए ।

प्रकाशित : १० चैत्र २०७८, बिहीबार १६:१८