अब फेसबुकका भिडियो टिभीमा पनि ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अब फेसबुकका भिडियो टिभीमा पनि !



facebook_features-696x392फेसबुकले आफ्ना प्रयोगकर्तालाई नयाँ फिचर दिन प्रयासरत रहन्छ । यसैमा हाल फेसबुकले एक रोचक फिचर ल्याएको छ । यसको माध्यमबाट प्रयोगकर्ताले टिभीमा भिडियो क्लीपहरु हेर्न पाउनेछन् ।

प्रविधि वेबसाइट टेक क्रन्चका अनुसार आइओएस फोन हुने प्रयोगकर्ताले एप्पल टिभी, एयरप्ले डिभाइस, गुगल क्रोमकास्ट डिभाइसको माध्यमबाट आफ्नो भिडियो हेर्न सक्नेछन् ।

यसका लागि पहिले स्मार्टफोन वा डेस्कटपमा भिडियो खोज्नपर्ने हुन्छ । यसपछि टिभीमा आफूले हेर्न चाहेको उक्त डिभाइस छान्ने । हाल यो फिचर आइओएसमा मात्र उपलब्ध छ र चाँडै एन्ड्रोइडमा पनि आउने बताइएको छ ।एजेन्सीको सहयोगमा

प्रकाशित : ४ कार्तिक २०७३, बिहीबार १४:११