सदस्यले सहकारीको कारोबार छाडेर बैंक रोज्लान भन्ने चिन्ता बढ्या छः राजकुमार दाहाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

सदस्यले सहकारीको कारोबार छाडेर बैंक रोज्लान भन्ने चिन्ता बढ्या छः राजकुमार दाहाल



नियामक निकाय सहकारी विभागले जारी गरेका निर्देशनहरुले नै अन्यौलता बढाएको छ । विभागले जारी गरेका निर्देशनहरु कतिपय अबस्थामा विवादमा छन् । त्यसले पनि सहकारीलाई कसरी सञ्चालन गर्ने भन्ने कुरा अप्ठ्यारो छ ।

सन्दर्भ ब्याजदर,एक सहकारी एक सदस्यका कुराले समस्या देखाएको छ ।
हाम्रो सन्दर्भमा भन्ने हो भने सहकारीको सन्दर्भ ब्याजदर सतप्रतिशत लागु गरेका छौ । सन्दर्भ ब्याजदरमा भएको प्रावधानले असर गरि रहेको छ भन्ने हामीलाई लाग्छ ।

बजार कँहा बाट कँहा पुगेको हुन्छ जस्तो असोज कात्तिक पछि नै ब्याजदर बढेर बैकहरुले साढे ८ प्रतिशतको हाराहारीमा लगानी गर्ने कर्जा बढेर १३ देखि १४ प्रतिशत पुग्यो । तर हाम्रो १२ देखि १३ प्रतिशतमा लगानी गरेको कर्जालाई १४. ७५ प्रतिशत भन्दा बढाउन सकेन् । कर्जाको रेट पनि बढाउन सकिएन । त्यसले गर्दा डिपोजिटको रेटपनि बढाउन सकिएन ।

हाम्रो सहकारीमा कारोबार गर्न आउने सेयर सदस्यहरु हुनुहुन्छ । तर उनिहरु सहकारीमा नआईकन अरु बैक वित्तिय संस्थामा कारोबार गर्न जान थाल्नु भएको छ । यसले सहकारी संस्थालाई तुलनात्मक रुपमा असहज बनाएको छ । यस हिसाबले हेर्दा सदस्यले सहकारीको कारोबार छाडेर बैंक रोज्लान भन्ने चिन्ता बढ्या छ ।


अहिले हामीले तरलता संकट समाधान गर्न ऋण लगानी रोकेका छौ। हामीसंग पर्याप्त तरलता छैन् । डिपोजिट रेट पनि घटेको छ । बढ्न सकेको छैन।

निक्षेप जुटाउन हामीले अहिले अभियाननै चलाएका छौ । संचालक समितिका सदस्य, कर्मचारी लगाएतका मिलेर यति निक्षेप यो समयसम्म उठाईसक्ने भन्ने टार्रगेट दिएका छौँ । जसले गर्दा थोरै भएपनि सहजता भएको छ । जसले गर्दा हामील केही हद सम्म समस्यालाई व्यवस्थापन गर्न सक्षम भएका छौ ।


मनकामना बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालसंगको कुराकानीमा आधारित

प्रकाशित : १४ चैत्र २०७८, सोमबार १७:२८