कृषि बीमाले कालीकोटका कृषकलाई बनायो उत्साही « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कृषि बीमाले कालीकोटका कृषकलाई बनायो उत्साही



कालीकोट । कृषिमा बीमा हुने पक्कापक्की भएपछि कालीकोटका  कृषक निकै उत्साही भएका छन् । कालीकोटमा विशेष गरी नगदेबालीमा तरकारी तथा अन्नबालीमा मकै धानको बीमा गरिने भएपछि कृषकमा कृषिप्रति मरिसकेको जाँगर फेरि आएको स्थानीय कृषकले जनाए ।
जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव शर्मा पोख्रेलका अनुसार जिल्लामा बाली बिमाको प्रक्रिया एक महिनाभित्र अघि बढाइने जनाकारी दिए । बाली बीमाका लागि कृषकले २५ प्रतिशत र सरकारले ७५ प्रतिशत रकम तिर्ने जनाइएको छ । जिल्लामा पहिलो पटक सुरु हुन लागेको बाली तथा पशु बिमाका लागि ‘एभरेस्ट इन्सुरेन्स कम्पनी’ मार्फत बीमा गरिने बताइएको छ ।
पशुसेवा कार्यालयको प्राविधिक सहयोगमा पशु बिमाको प्रक्रिया अघि बढाइएको पशु चिकित्सक डा महेशराय यादवले बताएका छन् । त्यस्तै कृषि विकास कार्यालयको समन्वयमा स्थानीय ४० जना युवाले व्यावसायिक च्याउ खेतीको बीमा समेत गर्ने जनाइएको छ ।

प्रकाशित : ३२ जेष्ठ २०७२, सोमबार ११:५१