सुनचाँदीको मुल्य बढ्यो, कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य बढ्यो, कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मुल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ५ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँ कायम भएको हो।

अघिल्लो दिन छापावाल सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज तेजाबी सुनको मुल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम गरिएको छ । यता चाँदीको मुल्यमा पनि शुक्रबार १० रुपैयाले बृद्धि भएको छ । आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : २५ चैत्र २०७८, शुक्रबार ११:३९