हुन्डाईको नयाँ वर्ष योजना सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

हुन्डाईको नयाँ वर्ष योजना सार्वजनिक



काठमाडौं । हुन्डाई अटोमोवाइलको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले आफ्नो नयाँ वर्ष २०७९ योजना “नयाँ वर्षको सुरुवात हुन्डाईको साथ” सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् ।


नयाँ वर्ष बोनस रु. ७९ हजार रुपैया, एक्सचेन्ज बोनस रु.७९ हजार सम्म ,मोडल इयर छुट रु.९९ हजार रुपैंयासम्म, द्रुत मूल्याङ्कन र स्पट एक्सचेन्जमा एक वर्षको लागि निःशुल्क बीमा र सडक कर छुट प्रदान गर्ने जनाएको छ ।

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १६ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादकमध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

प्रकाशित : २८ चैत्र २०७८, सोमबार १४:३१