नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा छैनः पुर्व गभर्नर नेपाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा छैनः पुर्व गभर्नर नेपाल



काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको स्पष्ट पारेका छन् । डा। नेपालले नेपालको अर्थतन्त्रमा देखिएको अहिलेको समस्या छिट्टै समाधान हुनेपनि विश्वास दिलाए ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा.नेपालले अहिले देखिएको समस्या छिट्टै समाधान हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने–‘अहिले जुन रुपमा समस्या सुनिएको छ, त्यो रुपमा अर्थतन्त्रको समस्या छैन् । अहिलेको समस्या छिट्टै समाधान हुन्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालको विदेशी ऋण पनि धेरै नरहेको स्पष्ट पारे । उनले भने,‘हाम्रो विदेशी ऋण पनि त्यति धेरै होईन् । नेपालमा जिडिपीको २२ प्रतिशतमात्रै छ । श्रीलंकाको बाटोमा त हामी छँदै छैनौं । हामी सबैले संयमता अपनाउनुपर्छ । अहिले आँत्तिनुपर्ने अवस्था छैन् । यो समस्या छिट्टै नै समाधान हुन्छ । त्यो लेभलबाट गुज्रिएका नरहेको तर सतर्कता त हुनुपर्छ ।’

डा.नेपालले संसारका धेरै देशमा सरकार र गभर्नरबीच टसल हुने गरेको सुनाए । उनले भने,‘गभर्नर पनि सरकारले नै बनाउने हो । नेपाल राष्ट्र बैंकको काम मौद्रिक नीति बनाएर कार्यान्वयन गर्ने हो । देशमा वित्तिय स्थायित्व लिएर आउने हो, शोधान्तरको स्थितिलाइ राम्रो गर्ने अनि भुक्तानी प्रणालीलाई राम्रो गर्ने हो, सरकारलाई सल्लाहकारको रुपमा काम गर्ने हो । र, वित्तिय क्षेत्रलाई स्थायित्व गर्नको लागि दीर्घकालिन नीति तर्जुमा गर्नु हो । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय हुनुपर्छ । सरकार र गभर्नरबीच संसारभरि नै टसल पर्छ । मेरो बेलामा पनि भएको थियो । समन्वय नै गरेर अघि बढ्नुपर्छ ।’

उनले कोभिडपछिको अवस्थामा बजेटले सम्बोधन नगर्दा केन्द्रीय बैंकले सम्बोधन गरेको स्मरण गराए । उनले भने,‘कोभिडपछिको अवस्थामा केन्द्रीय बैंकबाट सपोर्ट भएकै हो । तरलता मजाले गयो । ३२ प्रतिशतसम्म कर्जा विस्तार भयो ।’

समयमै बजेट र मौद्रिक नीति नआएको र समग्र वित्तिय क्षेत्रमा ब्याजदर तोकिएको अवस्था पनि उनले स्मरण गराए । उनले आजपनि ३०४ अर्ब रुपैयाँ सरकारको ढुकुटीमा रहेको सुनाए । उनले भने,‘पुँजीगत खर्च भएन । नेपालको अर्थतन्त्रको मेरुदण्ड भनेको रेमिट्यान्स हो । विदेशी सञ्चिती कम भयो । पर्यटन क्षेत्रपनि ठप्प भयो । अहिले विदेशी सञ्चितीमा प्रेसर भएको छ। ११ महिना पुग्ने वस्तु तथा सेवा आयात गर्ने पुग्ने विदेशीसञ्चिती घटेर ६।७ मा पुग्ने भएको छ। अब अनुशासित हुनुपर्छ । केन्द्रीय बैंकले नीति लिएको छ, विलासीको सामान नलिने हो कि भनेर । केन्द्रीय बैंकले सबैको समन्वयमा यो नीति लिनुपर्ने हो । युक्रेन र रसियाको युद्धको कारण खाद्य र तेलको मूल्य बढेको छ । युद्ध लम्बियो भने आउने दिनमा हामीले तेल आयात गर्नुपर्नेहुन्छ । अर्थतन्त्रमा विदेशी सञ्चितीको दबाब बढेकै हो । तर, केही समयपछि यो आँफै सुधार भएर जान्छ ।’

उनले अर्थमन्त्री र केन्द्रीय बैंकबीच टसल हुने कुरा उल्लेख गरे । उनले भने,‘सरकारले बनाएको नियम, कानूनअनुसार अघि बढ्नुपर्छ । केन्द्रीय बैंकको आफ्नो नीति छ । केन्द्रीय बैंक स्वायत्त संस्था हो । दिगो वित्तिय स्थायित्वको लागि स्वायत्तता आवश्यकत्ता छ । तर सरकार र केन्द्रीय बैंकबीच टसल परिरहन्छन् ।’

उनले केन्द्रीय बैंक सधैं कडा रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । उनले भने,‘सरकारले एक किसिमले अहिले गर्भनरलाई निलम्बन गरेको छ । उहाँमाथि आरोप लागेको छ । आरोपहरु प्रुभ नहुन पनि सक्छ । यो आरोप लाग्ने र लगाईने कुरा आफ्नो ठाउँमा छ । अमेरिकाजस्तो देशमा पनि टसल हुन्छ । पार्टीहरुका आर्थिक राजनीतिक एजेण्डा हुन्छन् । उनीहरुले भोटर रुझाउन खोज्छन् । तर, केन्द्रीय बैंक भनेको सधैं कडा रुपमा प्रस्तुत हुनुपर्छ । पछिल्लो समय केन्द्रीय बैंकले लिएको नीति गत कुराले अर्थतन्त्रलाई केही चाँडै नै सुधारमा ल्याउँछ भन्ने मैले विश्वास लिएको छु ।’

प्रकाशित : २९ चैत्र २०७८, मंगलवार १६:३०