सुनचाँदीकै मुल्यमा स्थिरता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीकै मुल्यमा स्थिरता



काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदीको मुल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँ कायम भएको हो। गतसाता पनि सोहि मुल्य कायम थियो ।

आज तेजाबी सुनको मुल्य प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँ कायम गरिएको छ । यता चाँदीको मुल्यमा पनि गतसाताकै मुल्य कायम भएर आज प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित : ४ बैशाख २०७९, आईतवार ११:३०