तीनवटै तहको बीचमा अन्तर विरोध रहँदासम्म कोपोमिस कार्यान्वयन गर्न सहज छैनः पाैडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

तीनवटै तहको बीचमा अन्तर विरोध रहँदासम्म कोपोमिस कार्यान्वयन गर्न सहज छैनः पाैडेल



राज्यका तीनवटै तहको भूमिका के हुने भन्ने निष्कर्षमा नपुग्दासम्म कोपोमिस कार्यान्वयन गर्न कठिन छ । अहिले तहहरुबीच युद्धकै स्थिति रहेको बताउँदै संघ र प्रदेश, प्रदेश र पालिकाबीचमा अन्तरविरोध रहँदासम्म कोपोमिस कार्यान्वयन गर्न सहज छैन ।

तल्लो तहको सरकारले प्रदेश र विभागको कुरालाई नमान्ने प्रवृत्ति विद्यमान छ । प्रदेश र स्थानीय तहको नियमन क्षेत्रा धिकारभित्र रहेका सहकारीले संघीय विभागलाई चिन्दैनौ भने भने के हुन्छ ? नियामक निकाय प्रदेश र पालिका भएकाले मैले संघलाई किन चिन्नुप¥यो भनेँ भने कसरी कार्यान्वयन गर्ने ?

कतिपय पालिकाले अनुगमनमा जाँदा विभागका कर्मचारीलाई प्रवेश निषेध गरेको घटना समेत रहेकाले तीनवटै तहको समन्वय नहुँदासम्म कोपोमिस कार्यान्वयन हुने अवस्था छैन ।

मुलुकलाई डिजिटाइजेशन र डिजिटल ट्रान्सफर्मेसनतर्फ लैजान कोपोमिस आवश्यक तर कार्यान्वयनका लागि तीनै तहका सरकारलाई उत्तरदायी बनाउनुपर्ने अहिलेको आवश्यकता हो ।

( नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागले संयुक्तरूपमा शुक्रबार आयोजना गरेको ‘कोपोमिस अभिलेखिकरण अभिबृद्वि सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौडेलले राखेको धारणा )

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार १७:३०