सहकारीको वास्तविक तथ्यांक निकाल्न कोपोमिस आवश्यक छः केबी उप्रेती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सहकारीको वास्तविक तथ्यांक निकाल्न कोपोमिस आवश्यक छः केबी उप्रेती



राष्ट्रिय सहकारी बैंकमा आवद्ध १५ हजार सहकारी संस्थाहरु कोपोमिसमा आवद्ध भए नभएको अध्ययन गर्छौ । बैंकमा ८ हजार बचत तथा ऋण सहकारी र ७ हजार अन्य प्रकृतिका संस्था आवद्ध छन् ती मध्ये कति संस्था कोपोमिस आवद्ध छन् वा छैनन् फारम बनाएर जानकारी संकलन गरी विभागलाई उपलब्ध गराउनेमा हामी लाग्छौँ ।

सहकारी बैंकका ६८ वटा शाखामार्फत देशभर नै कोपोमिसका विषयमा आवद्ध सहकारी संस्थाहरुलाई प्रशिक्षण दिने हाम्रो प्रतिबद्धता भयो । बैंकका सबै शाखा प्रमुखहरुको समय समयमा हुने भेलामा उनीहरुलाई कोपोमिसको बारेमा प्रशिक्षित गराई कार्यान्वयनमा लैजान सघाउने हामी तयार छौँ । प्राविधिक विषयमा सहकारी विभागले हामीलाई तालिम दिनुप¥या । बैंकले हरेक महिना १५÷१६ वटा तालिम सञ्चालन गर्दै आएको ति हरेक तालिममा कोपोमिसको विषय राख्नु अत्यावश्यक छ ।

सहकारी विभागसँग हरेक विषयमा सहकार्य गर्न तयार छौं । विभागले अगाडि बढाएका काममा बैंकको नेटवर्कलाई समेत प्रयोग गरेर अगाडि बढौं । विभाग मातहत रहेका सहकारीले कोपोमिस प्रयोगका बारेमा समेत समीक्षा गर्नुपर्ने हुनु पर्दछ । प्रयोगमा के कस्ता समस्या आए र कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा समेत फिडब्याक आउनु परो ।

सातै प्रदेश र स्थानीय तहका सहकारी हेर्ने प्रतिनिधिलाई सहभागि गराएर कोपोमिस सम्बन्धी कार्यक्रम आयोजना गर्न सके यसले कार्यान्वयनमा मद्दत पुग्छ । सहकारीको वास्तविक तथ्यांक निकाल्नका लागि पनि कोपोमिस कार्यान्वयन आवश्यक रहेको छ ।

(नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा भएको कोपोमिस अभिलेखिकरण अभिवृद्धि विषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले राखेको धारणा)

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार १८:२३