तारागाउँ रिजेन्सी होटलले यसरी ठग्दैछ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तारागाउँ रिजेन्सी होटलले यसरी ठग्दैछ



xhayat-jpg-pagespeed-ic-mbjhfkmgstकाठमाडौं,  २८  कात्तिक। नेपाल स्टकमा सूचीकृत कम्पनी तारागाउँ रिजेन्सी होटल मा लगानी गरेका लगानीकर्ताहरु दशकौंदेखि ठगिइरहेका छन् ।

कुनैबेला प्रतिकित्ता शेयर मूल्य १५ रुपैयाँसम्म पुगेको यस होटलको शेयर मूल्य अहिले प्रतिकित्ता २५० रुपैयाँ छ । सो होटलमा सरकारी स्वामित्वको संस्था तारागाउँ विकास समिति र सर्वसाधारणको लगानी रहेपनि व्यवस्थापन नियन्त्रणमा लिएको भारतीय नागरिक राधेश्याम सर्राफले किर्ते कागजातकै आधारमा नेपाली लगानीकर्ता ठगिरहेको छ ।

ह्यात रिजेन्सी ब्राण्डमा सञ्चालित सो होटलले नक्कली कागजात देखाएर अत्याधिक खर्च देखाउने र कम्पनी सधैं घाटामा रहेको देखाएर अफिसले भने कर पनि तिर्नुनपर्ने घुमाउरो बाटोबाट प्रतिफल खाने गरेको छ । लामो समयदेखि यो कुरा बाहिर आएको भएपनि सरकारी निकायले यसबारे कुनै चासो दिएको छैन् । सरकार परिवर्तनपिच्छै यस होटलको विषयमा पर्यटन मन्त्रालयले छानबिन समिति गठन गरेर अध्ययन गरेको छ । उसले अनियमितता भएको प्रतिवेदन पनि दिन्छ । तर, कारबाही गर्ने बेलामा सुटुक्क केही व्यक्तिलाई दाम चढाएको भरमै सामसुम हने गरेको छ ।

केही महिना अघि सरकारले गठन गरेको एक समितिले यसवर्ष पनि होटलले गरेको अधिक खर्च नै लगानीकर्ताले लाभ नपाएको निष्कर्शसहितको प्रतिवेदन तयार पारेको छ । तारागाउँ विकास समितिको तर्फबाट गठित सो समितिले तयार पारेको प्रतिवेदन अनुसार होटल स्थापना हुँदा सरकारले तारागाउँ विकास समिति मार्फत १७ लाख कित्ता र सर्वसाधाणले ७४ लाख कित्ता शेयर लगानी गरेको थिए । यो लगानीले अहिलेसम्म कुनै प्रतिफल पाएको छैन् । तर, होटल व्यवस्थापनले सम्हालेका प्रवद्र्धकले भने व्यवस्थापन खर्च अधिक देखाएर वार्षिक करोडौं रुपैयाँ लिन सफल भएका छन् ।

दशौं करोड तलबमै
होटलले आव २०७०७१ मा मात्रै कम्पनीका अध्यक्ष राधेश्याम सरार्फलाई २३ करोडर उनका छारोहरु अरुण र रमेश सर्राफलाई ८०८० लाख पारिश्रमिक भुक्तनी दिएको छ । काठमाडौं मै अर्को ५ तारे होटल याक एण्ड यती समत चलाउने सरार्फले महिनामै करिब २ करोड पारिश्रमिक खानेगरी होटलमा के काम गर्छन् होला ? आश्चर्यको विषय भएको छ । उनकै स्वामित्वमा दिल्लीमा हायात रिजेन्सी होटल र ग्राण्ड हायात रिजेन्सी होटल समेत छ । यति धेरै होटलका मालिकले हायातबाट कुनै काम नगरी अध्यक्ष भएकै आधारमा २३ करोड कसरी पारिश्रमिक लिए ? यसको जवाफ कसैसँग छैन् ।

उनी आफूले मात्रै लिएका छैनन् । आफ्ना छोराहरु अरुण र उमेशलाई पनि मासिक ७ लाखका दरले जनही ८५ लाख भुक्तानी दिएका छन् । त्यस्तै, अरु परिवारका सदस्यहरु बरुण सर्राफ र देवेश सर्राफलाई त जनही २ करोड १४ लाख भुक्तानी दिइएको छ । त्यस्तै, विभिन्न विदेशी निकाय तथा व्यक्तिलाई मात्रै ९५ लाख रुपैयाँ आर्थिक सहयोग बाँडेको रेकर्डमा देखिए पनि त्यसलाई पुष्टि हुने कागजात कुनै छैन् । सर्वसाधारणको लगानी रहेको कम्पनीले बिना आधार खर्च गरेर सर्वसाधारणमात्र हैन, सरकारलाई समेत ठगिरहेको छ ।

अचम्मको खर्च
होटलले सन् २०१४ अगाडिको १० वर्षमा चेन मार्केटिङ भन्दै ३६ करोड खर्च गरेको देखाएको छ । तर, त्यसको कुनै प्रमाण छैन । भारतमा समेत आफ्नै होटल भएका राधेश्याम सर्राफले भारतबाट पाहुना पठाएबापत भन्दै भारतस्थित आफ्नो होटललाई त्यस्तो भुक्तानी दिने गरेका छन् । त्यस्तै इन्सेन्टिभ फि ३१ करोड, ब्याज भुक्तानी १ अर्ब १२ करोड, ह्रास खर्च १ अर्ब ३१ करोड, अपकिपिङ एक्सपेन्सेस ११ करोड, कमिशन ११ करोड, रिपेयरिङ बिल्डििङ ३२ करोड, रिपेयरिङ सफ्टवेयर ६ करोड र वार्षिक विद्युत महसूल खर्च १० करोड रुपैयाँ देखाएको भएपनि सो विषयलाई पुष्टि गर्ने कुुनै प्रमाण फेला नपरेको पनि समितिले जानकारी दिएको छ । सेयर बजार साप्ताहिकबाट

प्रकाशित : २८ कार्तिक २०७३, आईतवार ०७:०९