एभरेष्ट बैंकले ७० प्रतिशत वोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्ट बैंकले ७० प्रतिशत वोनस सेयर दिने



everestकाठमाडौं १ मंसिर । एभरेष्ट बैंकले ७० प्रतिशत वोनस सेयर दिने भएको छ। बैंकले गत बर्षको नाफाबाट लाभांश प्रस्ताव गरेको हो। बैंकको अहिले चुक्ता पुँजी दुई अर्ब ७४ करोड रुपैयाँ छ।

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेर साधारणसभाले अनुमोदन गरेमा चुक्ता पुँजी एक अर्ब ९२ करोड रुपैयाँले बढ्ने छ। त्यसो हुँदा बैंकको कुल चुक्ता पुँजी ४ अर्ब ६६ करोड रुपैयाँ पुग्ने छ।

बोनस सेयर वितरण भएपछि कायम हुने चुक्ता पुँजीमा बैंकले तीन सेयर बराबर एक सेयर अर्थात ३३.३३ प्रतिशत हकप्रद सेयर दिने छ। हकप्रदपछि बैंकको चुक्ता पुँजी एक अर्ब ५५ करोड रुपैयाँ बढ्ने छ। यसो चालु आर्थिक बर्ष नै चुक्ता पुँजी ६ अर्ब २० करोड रुपैयाँ नाघ्ने छ।

बैंकहरुले चालु आर्थिक वर्षको असार मसान्तसम्म चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनु पर्छ। बैंकले चालु वर्षको नाफाबाट दुई अर्ब चुक्ता पुँजी बढाउने रणनीति लिएको छ। बैंकको जगेडा कोषमा ६ अर्ब ३८ करोड रुपैयाँ छ। बैंकले गत आर्थिक बर्ष एक अर्ब ७३ करोड नफा गरेको थियो। चालु बर्षको तीन महिनामा बैंकले ५१ करोड ३४ लाख रुपैयाँ नाफा गरेको छ।

प्रकाशित : १ मंसिर २०७३, बुधबार १०:१३