भिभो भी २३ ई को मूल्य घट्यो,यस्तो छ नयाँ मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

भिभो भी २३ ई को मूल्य घट्यो,यस्तो छ नयाँ मूल्य



काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्राण्ड, भिभोले आज भिभो भी २३ ई को मूल्य घटाएको घोषणा गरेको छ ।

भी २३ ई को ८ं१२८जीबी संस्करण अब आधिकारिक रूपमा ४१ हजार ९९९ रुपैयाँ र ८ं२५६ जीबी संस्करण ४६ हजार ९९९ मा उपलब्ध छन् । यी दुवै संस्करणमा तीन हजार रुपैयाँले मूल्य घटेको छ । उक्त नयाँ मूल्य मे १ देखि लागू भइसककेको छ ।

हालै बजारमा सार्वजनिक गरिएको भी २३ ई मा ५० एमपी अटोफोकस सेल्फी पोट्रेट छ । यो स्मार्टफोनमा नवीन प्रविधि, अटोफोकस र एआई एक्सट्रिम नाइट पोट्रेट, मल्टी स्टाइल पोट्रेट लगायत विभिन्न पोट्रेट मोडहरु रहेका छन् ।

भी २३ ई को रियर क्यामेरामा ६४ एमपी नाइट क्यामेरा, ८ एमपी सुपर वाइड–एंगल क्यामेरा र २ एमपी म्याक्रो क्यामेराको ट्रिपल क्यामेरा सेटअप छ । सुपर नाइट मोडको साथ क्यामेराले कम प्रकाश अवस्थाहरूमा एआई मल्टिपल फ्रेमहरूको मद्दतले ब्राइटनेस र अँध्यारोलाई सन्तुलनमा राख्दौ उत्कृष्ट प्रदर्शन गर्दछ ।

भी २३ ई ८ जीबी र्याम र १२८ जीबी वा २५६ जीबी रोममा उपलब्ध छ । प्रयोगकर्ताले विस्तारित र्याम २‍‍.० को साहयताले १२ जीबी बराबरको अनुभव प्राप्त गर्न ८ जीबी र्यामलाई विस्तार गर्न सकिन्छ ।
यसबाहेक, यस स्मार्टफोन ४०५०एमएएच ब्याट्रीद्वारा संचालित छ जसमा ४४ वाट फ्ल्यसचार्ज छ । भिभो भी २३ ई मा फनटच ओएस १२ रहेको छ जसमार्फत प्रयोगकर्ताहरूले होम स्क्रिनलाई पूर्णरुपमा कस्टुमाइज्ड गर्न सक्छन् ।

प्रकाशित : २० बैशाख २०७९, मंगलवार १५:३८