रिलायबलले ८५ दिने मुद्दतीमा ८.५ प्रतिशत ब्याज दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रिलायबलले ८५ दिने मुद्दतीमा ८.५ प्रतिशत ब्याज दिने



relaibalकाठमाडाै ३ मसिर ।  रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले ८५ दिने मुद्दतीमा ८.५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ |

८५ दिन पुरा भए पश्चात साँवा र ब्याज स्वत बचत खातामा जम्मा हुने र सो बचत खातामा रकम आए पश्चात एससीटि नेटवर्क अन्तर्गतका देशभरि रहेका ११०० भन्दा बढी एटिएमहरुबाट निशुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ |

साथै यस बैंकले १ वर्षे मुद्दतीमा ८.७५ प्रतिशत सम्म तथा बचत खातामा ५.५ प्रतिशत सम्म ब्याज प्रदान गर्ने जनाएको छ | यो सेवा बैंकको सबै १७ शाखाहरुबाट उपलब्ध हुने छ |

प्रकाशित : ३ मंसिर २०७३, शुक्रबार ०२:४४