जनता बैंक लिमिटेडको नाफा ११ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनता बैंक लिमिटेडको नाफा ११ प्रतिशतले बढ्यो



janata_logoकाठमाडौं, ३ मंसिर । जनता बैंक लिमिटेडको नाफा ११ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ६ करोड ३९ लाख नाफा कमाएको छ । गत बर्षको सोही अवधीमा ५ करोड ७५ लाख नाफा कमाएको थियो ।

जनताले चालु आवको पहिलो त्रैमासिकमा २५ अर्ब निक्षेप संकलन गरेर २१ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा शुन्य दशमलब ९८ प्रतिशतबाट बढेर एक दशमलब १८ प्रतिशत पुगेको छ । जनताले ब्याज आम्दानी ४५ करोड गरेको छ भने ब्याज खर्च २७ करोड गरेको छ ।

बैंकको प्रति सेयर आम्दानी १२ रुपैंयाँ ४२ पैसा छ भने प्रति सेयर नेटवर्थ १३३ रुपैंयाँ १४ पैसा रहेको छ । बैंकको सेयर प्रति कित्ता ५४० रुपैंयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित : ३ मंसिर २०७३, शुक्रबार ०९:५१