सुनको मुल्य तोलामा १४ सय रुपैयाँले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य तोलामा १४ सय रुपैयाँले बढ्यो



काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२९० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १३०५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : २२ बैशाख २०७९, बिहीबार ११:४०