साना तथा मझौला कम्पनीका लागि नेप्सेले एसएमई प्लाटफर्म निर्माण गर्ने : सीइओ कार्की « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

साना तथा मझौला कम्पनीका लागि नेप्सेले एसएमई प्लाटफर्म निर्माण गर्ने : सीइओ कार्की



काठमाडौं । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले साना तथा मझौला कम्पनीहरुलाई नेप्सेले एसएमई इन्डेक्स प्लाटफर्म निर्माण गर्ने जानकारी दिएका छन् । साथै उनले रियल क्षेत्रका कम्पनीहरुलाई पनि नेप्सेमा कसरी ल्याउन सकिन्छ भन्ने कुराको आवश्यक छलफल भईरहेको बताएका छन् ।

शेयर बजारलाई परिपक्व बनाउन शेयर बजार र लगानीकर्ता आफूले किन्ने कम्पनीको बारेमा कति लगानी गर्ने, कसरी गर्ने सबै कुरा पूर्ण रुपमा बुझेरमात्र अगाडी बढ्न आग्रह गरे । उनले बजारमा सबैको आर्कषण बढ्दो रुपमा रहेकाले यसलाई थप प्रबिधिमैत्री बनाएर बजारमा भएका नकारात्मक गतिबिधिलाई बिचार गरेर अगाडी बढ्ने तयारीमा रहेको बताए ।

त्यसैगरी उनले अहिले संचालनमा रहेको ओटिसी प्लाटफर्म प्रारम्भिक चरण मै रहेको र हाल ५४ कम्पनी मात्रै ओटिसीमा आवद्ध भएको जानकारी दिए ।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार १८:१५