तीन महिनाभित्र डलर खाताबाट दोस्रो बजारमा सिधै शेयर खरिद गर्न सक्ने व्यवस्था गरिने: रमेश हमाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तीन महिनाभित्र डलर खाताबाट दोस्रो बजारमा सिधै शेयर खरिद गर्न सक्ने व्यवस्था गरिने: रमेश हमाल



काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नियमनकारी निकायदेखि क्यापिटल मार्केटसम्म सबैले परिपक्व नीति लिएर अगाडी बढ्नुपर्ने बताएका छन् । शुक्रबार नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको परिपक्क पुजीबजार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले एनआरएनहरुलाई पनि दोस्रो बजारमा लगानी गर्न प्रोत्साहन गर्ने काम भईरहेको बताए । आगामी ३ महिनाभित्र एनआरएनले आफ्नो डलर खाताबाट दोस्रो बजारमा सिधै शेयर खरिद गर्न सक्ने व्यवस्था गरिने र त्यसको लागि छलफल भईरहेको उनले बताए। साथै उनले एसएमइ लाई एग्रेसिभ रुपमा अगाडी बढाउनुपर्ने पनि उनको भनाई थियो ।

वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई दुई महिनाभित्र आइपीओमा छुट्टै कोटा उपलब्ध गराउने यसका लागि अन्तिम अबस्थामा आफुहरु पुगेको उनले बताए।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार १८:१०