निर्वाचनमा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा २० लाख क्षतिपूर्ति दिने मन्त्रिपरिषद्को निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

निर्वाचनमा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा २० लाख क्षतिपूर्ति दिने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा क्षतिपूर्तिबापत २० लाख दिने भएको छ । आईतबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरुको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको हो ।

निर्वाचन सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने, मन्त्रीपरिषद् बैठकको निर्णय भएकाे छ।

यस्तै, बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

बैठकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह जिल्लागत दररेट अनुसार रासनभत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

प्रकाशित : २५ बैशाख २०७९, आईतवार १३:४३