नोकियाका स्मार्टफोनहरु आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नोकियाका स्मार्टफोनहरु आउँदै



04_nokia_technologies-nokia_cmd_2016_04_nokia_technologies-pdf-620x330काठमाडौं, ५ मंसिर । नोकियाले पुन विश्व बजारमा स्मार्टफोनहरु ल्याउने भएको छ । नोकिया (Nokia) ब्राण्डका स्मार्टफोनहरु आगामी वर्ष सन् २०१७ मा आउने भएका छन् ।

नोकियाका यी स्मार्टफोनहरु फिनिश कम्पनी आफैंले ल्याउने भएको छ । यसको बारेमा हालै क्यापिटल मार्केटस् डे इभेन्टमा लगानीकर्ताहरुका लागि गरिएको प्रस्तुतीमा उल्लेख छ । उक्त प्रस्तुतीअनुसार कम्पनी पुन स्मार्टफोन बजारमा प्रवेश गर्न लागेको हो ।

कम्पनीले नोकिया स्मार्टफोनहरुका लागि सन् २०१७ मा पहिलो विश्वव्यापीरुपमा विज्ञापन क्याम्पेन सार्वजनिक गर्ने भएको छ । माइक्रोसफ्टका वरिष्ठ अधिकारीले पनि नोकिया एन्ड्रोयड स्मार्टफोन सन् २०१७ को दोस्रो चौमासीकमा आउने सुनिश्चित गरे ।

नोकियाको स्मार्टफोनहरु सन् २०१७ मा आउने निश्चित भएअनुसार सन् २०१७ मा आयोजना हुने मोबाइल वल्र्ड कंग्रेसमा  नोकियाका एन्ड्रोयडमा आधारित स्मार्टफोनहरु तथा ट्याबलेट सार्वजनिक हुने अपेक्षा गरिएको छ । नोकिया तथा मोबाइल वल्र्ड कंग्रेस दुबैले एमडब्लूसी २०१७ मा उपस्थिती जनाउने स्पष्ट पारिसकेका छन् ।

नोकियाको एन्ड्रोयडमा आधारित स्मार्टफोनहरुमध्ये दुईवटा स्मार्टफोनहरु हाइएण्डका नोकिया एन्ड्रोयड नुगट फोनहरु हुने बताईएको छ । यसका साथै मिड रेन्जको नोकिया डि वान सी स्मार्टफोनको बारेमा पनि जानकारीहरु आएका थिए ।

नोकियाका स्मार्टफोनहरु एचएमडीले (HMD) ल्याउनेछ । एचएमडीले नोकिया ब्राण्डको मोबाइल फोनहरुका लागि १० वर्षको एक्सक्लूसिभ सम्झौता गरेको छ भने न्यूनतम ५०० यूरो पहिलो तीन वर्ष मार्केटिंगका लागि खर्च गर्नेछ ।

प्रकाशित : ५ मंसिर २०७३, आईतवार १२:१८