दुई हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्काशन गर्न अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

दुई हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्काशन गर्न अनुमति



काठमाडौं । विद्युत नियमन आयोगले २ हाइड्रोपावर कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । आयोगले ङादी ग्रुप पावर र बरुण हाइड्रोपावर कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न अनुमित दिएको हो ।

आयोगले बरुण हाइड्रोपावर कम्पनीलाई १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न सहमति प्रदान गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँको शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न सहमति प्रदान गरेको हो ।

त्यसैगरी, आयोगले ङादी ग्रुप पावरलाई पनि १ बराबर १.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न सहमति प्रदान गरेको छ । कम्पनीले हाल कामय चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँको १ः१.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ ।

कम्पनीले १ः२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै आयोगमा आवेदन दिएको थियो ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलवार १३:५३