नेप्सेमा दोहोरो अंकको वृद्धि, चार कम्पनीको शेयरमा सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

नेप्सेमा दोहोरो अंकको वृद्धि, चार कम्पनीको शेयरमा सर्किट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन मंगलबार दोहोरो अंकले वृद्धि भएको छ। आज नेप्से ४४.१६ अंकले बृद्धि भई दुई हजार ३ सय १३ विन्दुमा रोकिएको हो ।

त्यस्तै, आज एक अर्ब ३५ करोड ६६ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनी मध्ये १८१ कम्पनीको शेयरमूल्य बढेको छ, ९ कम्पनीकोे शेयरमूल्य घटेको छ भने ४ कम्पनीको शेयर स्थिर रहेको छ ।

यसमध्ये पनि ४ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भई सर्किट लेभलमा कारोबार भएको छ । जसमा बरुण हाइड्रोपावर कम्पनीको १० प्रतिशतले बढेर प्रतिकित्ता ४४७.७० रुपैंया पुगेको छ । त्यसैगरी, न्यादी ग्रुप पावर कम्पनीको १० प्रतिशतले बढेर प्रतिकित्ता ६३३.६० रुपैया, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको पनि १० प्रतिशतले बढेर प्रतिकित्ता २०२३.७० रुपैंया पुगेको छ । तेस्तै, युनिभर्सल पावर कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेर प्रतिकित्ता २५७ रुपैंया पुगेको छ ।

नेप्सेका अनुसार आज एनआईबीएल समृद्धि फण्ड -२ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ४.८२ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी न्यादी ग्रुप पावर कम्पनीको भएको छ । यस कम्पनीको आज ९ करोड ९८ लाख तिन हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलवार १५:४२