श्रीलंकाका प्रधानमन्त्रीको राजीनामा स्वीकृत,देशव्यापी कर्फ्यूको घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

श्रीलंकाका प्रधानमन्त्रीको राजीनामा स्वीकृत,देशव्यापी कर्फ्यूको घोषणा



काठमाडौंं । श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ । त्यहाँको आर्थिक संकटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् ।

प्रधानमन्त्री महिन्दा राजपाक्छेले सोमबार मात्र आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा त्यहाँका राष्ट्रपति गोटबाया राजपाक्छेले स्वीकृत गरेका छन् ।

उनको राजीनमा सोमबार मध्यरातिदेखि नै स्वीकृत भएको श्रीलंकाली राष्ट्रपतिको कार्यालयले जनाएको छ । जनाइएअनुसार त्यहाँको सरकारका विरुद्धमा जारी रहेको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रुपमा कर्फ्युको घोषणा गरेको छ । (एजेन्सी)

प्रकाशित : २७ बैशाख २०७९, मंगलवार १५:५९