सुनचाँदीको मुल्य घट्यो, कति छ आजको बजार भाउ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्यो, कति छ आजको बजार भाउ ?



काठमाडौं । बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२७५ रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ३० रुपैयाले घटेर चाँदी प्रतितोला १२४५ रुपैया कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : २८ बैशाख २०७९, बुधबार ११:३२