कारोबार रकमसंगै नेप्सेमा ५६.०६ अंकको बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कारोबार रकमसंगै नेप्सेमा ५६.०६ अंकको बृद्धि



काठमाडौं । केहि दिनदेखि निरन्तर बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन बुधबार पनि दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से ५६.०६ अंकले बढेर दुई हजार ३ सय ६९ दशमलव ०७ विन्दुमा पुगेको हाे ।

त्यस्तै, आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज दुई अर्ब १६ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनी मध्ये १९२ कम्पनीको शेयरमूल्य बढेको छ, २ कम्पनीकोे शेयरमूल्य घटेको छ भने एक कम्पनीको शेयरमुल्य स्थिर रहेको छ । यसमध्ये पनि ९ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भई सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । आज नेशनल हाइड्रोपावर कम्पनी, नेपाल फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट, राद्यी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था,गणपति लघुवित्त वित्तीय संस्था, युनियन हाइड्रोपावर र बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य आज करिब १० प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार आज ऋणपत्र र म्युचुअल फण्ड गरेर ७ कम्पनीकाे मूल्य मात्र घटेको छ। आज कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलेपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज १० करोड ५९ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २८ बैशाख २०७९, बुधबार १५:३४