वाणिज्य बैंकहरूले जेठमा पनि निक्षेपको ब्याजदर नबढाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

वाणिज्य बैंकहरूले जेठमा पनि निक्षेपको ब्याजदर नबढाउने



काठमाडौं । वाणिज्य बैंकहरुले जेठमा पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । ब्याजदर बढाउँदा पनि थप निक्षेप नआउने निष्कर्षका आधारमा बैंकहरुले जेठ महिनाका लागि ब्याजदर स्थिर राख्ने भएका हुन् ।

यसका लागि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बुधबार निर्णय गरिसकेको छ । यही निर्णयका आधारमा सबै सदस्य बैंकहरुलाई जानकारी पठाइने संघले जनाएको छ ।

यस अघि फागुनमा नै ११.०३ प्रतिशत ब्याजदर तोकिएको थियो । यसलाई चैत र वैशाख महिनामा पनि बैंकहरुले निरन्तरता दिएका थिए । जसअनुसार वाणिज्य बैंकहरुले जेठ महिनामा पनि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३५ नै ब्याजदर दिनेछन् ।

प्रकाशित : २८ बैशाख २०७९, बुधबार १७:२५