बैंक अफ काठमाण्डुले माग्यो ऋणपत्र निष्काशन गर्न अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

बैंक अफ काठमाण्डुले माग्यो ऋणपत्र निष्काशन गर्न अनुमति



काठमाडौं । बैंक अफ काठमाण्डुले ऋणपत्र निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ अर्ब १० करोड बराबरको ११ लाख कित्ता ऋणपत्र निष्काशन गर्न सेबोनमा वैशाख २६ गते निवेदन दिएको हो ।

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ७ वर्षका लागि वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदरमा बिओके डिबेञ्चर २०८६ नामक ऋण्णपत्र निष्काशन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।


सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले कुल कित्ता मध्ये ४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने ६ लाख ६० हजार कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ ।

प्रकाशित : २८ बैशाख २०७९, बुधबार १७:५०