सुुनचाँदीको मुल्य बढ्यो, कति पुग्यो तोलामा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुुनचाँदीको मुल्य बढ्यो, कति पुग्यो तोलामा ?



काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्यमा बृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार एक ३०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२४५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १२५० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : २९ बैशाख २०७९, बिहीबार ११:०५