नेको इन्स्योरेन्सको खुद नाफामा सामान्य गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेको इन्स्योरेन्सको खुद नाफामा सामान्य गिरावट



काठमाडौं । नेको ईन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। तेस्रो त्रैमाससम्म ईन्स्योरेन्सले ३४ करोड २६ लाख खुद नाफा कमाएको हो । गत आर्थिक वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा २.३६ प्रतिशतले कमी भएको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीले ३५ करोड ९ लाख खुद नाफा गरेको थियो । तेस्रो त्रैमासिकको अपरिचित प्रतिवेदन अनुसार नेको इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ५२ करोड १६ लाख रहेको छ ।

जगेडा कोषमा ६२ करोड २२ लाख रहेको छ । जुन गत आर्थिक बर्षको सोहि अवधिमा ८६ करोड २३ लाख रहेको थियो । त्यस्तै, कम्पनीको बीमा कोषमा १ अर्ब २७ करोड ७ लाख संञ्चित रहेको छ ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत २२ करोड ३४ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट १० करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यसको प्रतिशेयर वार्षिक आम्दानी ईपीएस ३०.०२ रहेको छ भने प्रति शेयर नेटवर्थ २३०.०५ कम्पनीले ३.८९ गुणाको पिबि मल्टिपलमा ट्रेड गर्यो।

प्रकाशित : २९ बैशाख २०७९, बिहीबार १३:२५