रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरले पाए मर्जको स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरले पाए मर्जको स्वीकृत



काठमाडौं । विद्युत नियमन आयोगले रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरलाई मर्जको लागि स्वीकृति दिएको छ ।

आयोगले यी दुवै कम्पनीलाई एक(आपसमा गाभिन स्वीकृति दिएको हो । कम्पनीहरूले गत कात्तिक १७ गते एकआपसमा गाभिने सम्झौता गरेका थिए । दुई कम्पनीले मर्जर प्रकृया सम्पन्न गरी फागुन पहिलो साताबाट नै दोस्रो बजारमा शेयर बजारमा कारोबार खुलाउने गरी तयारी गरेका थिए।

तर विद्युत नियमन आयोगबाट स्वीकृति पाउन ढिला हुँदा मर्जर प्रकृया लम्बिएको हो।मर्जरपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २९ बैशाख २०७९, बिहीबार १३:४८