प्रुडेन्सियल इन्स्योरेन्सको बीमा शुल्क संगै खुद नाफा १० प्रतिशतले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

प्रुडेन्सियल इन्स्योरेन्सको बीमा शुल्क संगै खुद नाफा १० प्रतिशतले घट्यो



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । ईन्स्योरेन्सले तेस्रो त्रैमाससम्म ११ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १०.७५ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १२ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि २६.२३ प्रतिशतले घटेर ३५ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४८ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत ११ करोड ९९ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ३ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब १० करोड ८५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३१ करोड ५५ लाख रुपैयाँ र बीमा कोषमा ६५ करोड ३६ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ६७ पैसा, प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात ४३.१३ गुणा रहेको छ ।

प्रकाशित : २९ बैशाख २०७९, बिहीबार १५:२६