भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको कार्यतालिका सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको कार्यतालिका सार्वजनिक



काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ । उनि जेठ २ गते नेपाल आउदै छन् ।

परराष्ट्र मन्त्रालयले बिहीवार सार्वजनिक गरेको कार्यतालिकामा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा आयोजित प्रार्थना सभामा भाग लिने बताइएको छ ।

दुवैले गुम्बा क्षेत्रमा बौद्ध सांस्कृतिक तथा सम्पदाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । त्यसपछि दुवै प्रधानमन्त्री लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा गृहमा आयोजित बुद्ध जयन्ती समारोहमा सरिक हुनेछन् । विज्ञप्तिअनुसार मोदीलाई परराष्ट्रमन्त्री नारायण खड्काले स्वागत गर्नेछन् ।

प्रकाशित : २९ बैशाख २०७९, बिहीबार १५:५३