सिभिल बैंकको प्रभातफेरी र रक्तदान कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिभिल बैंकको प्रभातफेरी र रक्तदान कार्यक्रम



काठमाडौं,१० मंसिर । सिभिल बैंक लिमिटेडले आफ्नो छैठौं वार्षिकोत्सव विविध कार्यक्रमहरुको आयोजना गरीे मनाएको छ । मंसीर १० गते शुक्रबार वार्षिकोत्सवको दिन पारेर बैंकले वित्तिय साक्षरताको लागि प्रभातफेरी आयोजना गरेको छ साथै बैंकले कमलादीस्थित आफ्नो प्रधान कार्यालयमा वार्षिकोत्सव समारोह र रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ ।त्यस्तै बैंकले वार्षिकोत्सदेखि एक सातासम्म देशका विभिन्न स्थानहरुमा वित्तिय साक्षरताकाचेतना मूलक कार्यक्रमहरुको आयोजना गर्ने साथै सो सप्ताह भित्रै देशका २५ स्थानहरुबाट गरिब जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति पनि प्रदान गरिने जानकारी दिएको छ ।

इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनी लि. सँग मर्ज गरी एकिकृत कारोवार शुरु गरिसकेको यस बैंकले युनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । मर्जपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित : १० मंसिर २०७३, शुक्रबार ०९:०१