मर्जर प्रक्रियाका कारण तीन इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

मर्जर प्रक्रियाका कारण तीन इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले मर्जर सम्झौता गरेका तीन जीवन बीमा कम्पनीहरुको शेयर कारोबार रोक्का गरेको हो ।


तीनवटै कम्पनीको मर्जर सम्झौताका कारण तीनवटै कम्पनीको कारोबार ठप्प भएको छ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत बैशाख २९ गते बिहीबार तीनवटा जीवन बीमा कम्पनीहरू कम्पनीको पूँजी आधारलाई मजबुत बनाउने उद्देश्यले मर्जर सम्झौतामा हस्ताक्षर गरेका छन्।

बीमा समितिको निर्देशन अनुसार न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम गर्न तीन जीवन बीमा कम्पनीहरुबीच मर्जर सम्झौता भएको हो । मर्जरपछि कम्पनीको चुक्ता पूँजी रु ७ अर्ब ०१ करोड हुनेछ र यो नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी बनेको छ ।

प्रकाशित : ३ जेष्ठ २०७९, मंगलवार १२:५२