५ बुँदे शर्त पूरा गरेका बैंक तथा बित्तीय संस्थाहरुले मात्र आस्वा सेवा उपलब्ध गराउन पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

५ बुँदे शर्त पूरा गरेका बैंक तथा बित्तीय संस्थाहरुले मात्र आस्वा सेवा उपलब्ध गराउन पाउने



bordकाठमाडाै । बैंक खातामा सेयर लगानीकर्ताको पैसा रोकेर राख्ने प्रणाली (आस्वा) सेवा उपलब्ध गराउन चाहनेका लागि नेपाल धितोपत्र बोर्डले योग्यता तोकेको छ ।

शनिवार एक विज्ञप्ति जारी गर्दै बोर्डले ५ बुँदे शर्त पूरा गरेका बैंक तथा बित्तीय संस्थाहरुले मात्र आस्वा सेवा उपलब्ध गराउन पाउने प्रष्ट्याएको हो ।

यो सेवा माघ १ गतेदेखि लागू गर्ने बोर्डको तयारी छ । धितोपत्रको सार्वजनिक निश्कासन कार्यलाई छिटोछरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताहरुले सहज रुपमा धितोपत्र खरीद गर्न सक्ने व्यवस्थाका लागि आस्वा प्रणाली महत्वपूर्ण हुने बोर्डको दाबी छ । यो प्रणाली लागूभएपछि सार्वजनिक निश्कासनहरुको बाँडफाँडको काम कम्तीमा २० दिनभित्र सकिसक्ने उल्लेख गर्दै आएको छ ।

बोर्डले सेवा प्रवाहका लागि योग्यता तोक्दै सम्बद्ध बैंक तथा बित्तीय संस्थाहरुलाई यथाशीघ्र आवेदन दिन आग्रह गरेको छ ।

बोर्डका अनुसार निम्न योग्यता भएकाले मात्र आस्वा सेवा संचालनका लागि आवेदन दिनसक्ने छन् :

१)  नेपाल राष्ट्र बैंकबाट “क” वा “ख” वर्गको इजाजतपत्र प्राप्त गरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गरेको, प्रति शेयर चुक्ता पूँजी भन्दाप्रति शेयर नेटवर्थ बढी भएको,

२)  कम्तीमा पाँच वर्ष सञ्चालनमा रहेको र कम्तीमा पछिल्लो दुई वर्ष खुद नाफामा सञ्चालनमा रहेको,

३)  निस्क्रिय कर्जा(एनपीएल) पाँच प्रतिशत भन्दा कम रहेको, नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएको भए त्यसको फुकुवा भएको तीन वर्ष पूरा भएको,

४) काठमाण्डौं उपत्यका भित्र कम्तीमा चारवटा शाखा कार्यालय भएको, धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत भएको,

५)  बैंक/वित्तीय संस्थाको प्रबन्धपत्र वा नियमावलीमा धितोपत्र खरिदको दरखास्त संकलन सम्बन्धी कार्य गर्न सक्ने व्यवस्था उल्लेख भएको । (तर प्रबन्धपत्र वा नियमावलीमा उक्त व्यवस्था नभए पनि यो निर्देशिका प्रारम्भ भएको एक वर्षसम्म यस निर्देशिका बमोजिम धितोपत्र खरिदको दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमती दिन बाधा पुग्ने छैन)

प्रकाशित : ११ मंसिर २०७३, शनिबार १०:५३