नेप्सेमा दोहोरो अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

नेप्सेमा दोहोरो अंकको गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यस साताको कारोबारको पहिलो दिन आज मंगलबार उच्च अंकले घटेको छ । आज नेप्से ८४.९० अंकले घटेर दुई हजार २ सय ६५ दशमलव ५२ विन्दुमा रोकिएको छ । त्यसैगरी, आज एक अर्ब ६४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये २ कम्पनीको शेयरमूल्य बढेको छ भने १८८ कम्पनीकोे शेयरमूल्य घटेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४.९६ प्रतिशतले समान्य बढेर प्रतिकित्ता १३९६ रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज युनाईटेड इन्स्यारेन्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स र सुयोदय वोमी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज ९ करोड ७९ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ३ जेष्ठ २०७९, मंगलवार १५:२३