सार्वजनिक यातायातको भाडा फेरी बढ्यो, यस्तो छ नयाँ भाडादर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

सार्वजनिक यातायातको भाडा फेरी बढ्यो, यस्तो छ नयाँ भाडादर



काठमाडौं । सरकारले राष्ट्रियस्तरका रुटमा जेठ ४ अर्थात भोलीदेखि नै लागु हुनेगरी सार्वजनिक सवारीको भाडा पुन बढाएको छ। इन्धनको भाउ बढेको भन्दै यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा बढाएको हो ।

यातायात व्यवस्था विभागका अनुसार जेठ ४ गतेदेखि लागू हुनेगरी सरकारले न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्मले भाडा वृद्धि गरिएको हो । साविकको भाडादरमा अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ ३.५ प्रतिशतले, पहाडी बाटोमा गुड्ने माल बाहकमा ४.६ प्रतिशत र तराईको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशतले वृद्धि गरिएको छ ।

प्रकाशित : ३ जेष्ठ २०७९, मंगलवार १९:२९