एक सातामा बैंकहरुमा निक्षेपसंगै कर्जा प्रवाह पनि घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

एक सातामा बैंकहरुमा निक्षेपसंगै कर्जा प्रवाह पनि घट्याे



काठमाडौं । पछिल्लो साता बैंकिङ प्रणालीमा निक्षेप घटेको छ । वाणिज्य बैंकहरुमा एक हप्ताको अवधिमा ४ अर्ब रुपैयाँले निक्षेप घटेको हो ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरुमा ४ अर्ब रुपैयाँले निक्षेप घटेको देखिन्छ ।

बैशाख २३ गतेसम्म वाणिज्य ४३ खर्ब ७३ अर्ब ४६ करोड निक्षेप रहेकोमा उक्त निक्षेप घटेर वैशाख ३० गतेसम्म आइपुग्दा ४३ खर्ब ६९ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

यता, वाणिज्य बैंकहरुले पछिल्लो साता कर्जा प्रवाह पनि घटाएका छन् । बैशाख २३ गतेदेखि ३० गतेसम्मको अवधिमा बैंकहरुमा २ अर्ब रुपैयाँले कर्जा प्रवाह घटेको हो । बैशाख २३ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

उक्त कर्जा प्रवाह घटेर बैशाख ३० गतेसम्म आइपुग्दा ४१ खर्ब ९१ अर्ब रुपैयाँमा झरेको छ ।

प्रकाशित : ४ जेष्ठ २०७९, बुधबार १७:५८