सुनचाँदीको मुल्य बढ्यो, कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदीको मुल्य बढ्यो, कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्यमा बृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला ९५ हजार ८०० सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ रहेको छ ।

त्यस्तै, यता आज चाँदीको मूल्यमा पनि सामान्य बृद्धि भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२५० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १२५५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : ५ जेष्ठ २०७९, बिहीबार ११:२१