नबिल र एनबि बैंक मर्जर अघि बढ्यो, दुवै बैंककाे विशेष साधारणसभा जेठ ७ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल र एनबि बैंक मर्जर अघि बढ्यो, दुवै बैंककाे विशेष साधारणसभा जेठ ७ गते



काठमाण्डौ । नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीचको मर्जर प्रक्रिया अगाडि बढ्ने भएको छ।नबिल र एनबी बैंकबीचको मर्जरविरुद्ध सर्वोच्च अदालतमा परेको रिट फिर्ता भएसँगै यो प्रक्रियाले फेरि निरन्तरता पाउने भएको हो।

यसअघि सर्वोच्च परेको रिटमा एकल इजलासले तत्काल मर्जर अगाडि नबढाउन आदेश दिँदै दुवै पक्ष छलफलमा डोकेको थियो।

बिहीबारलाई न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सुष्मलता मानन्धरको संयुक्त इजलासमा सुनुवाइ हुने भनिएको थियो। तर, सुनुवाइ सुरु नहुँदै रिट निवेदकले मुद्दा फिर्ता लिएपछि मर्जर प्रक्रियाले निरन्तरता पाउने भएको हो।

नबिल र एनबी बैंकबीचको मर्जर प्रक्रियाका लागि राष्ट्र बैंकले सैद्धान्ति स्वीकृति दिइसकेको छ। अन्तिम स्वीकृति लिनुअघि दुवै बैंकले विशेष साधारणसभा जेठ ७ गते (शनिबार) डाकेका छन्। सोही सभामार्फत यी दुवै बैंकले आपसमा मर्जरमा जाने प्रक्रियालाई अनुमोदन गर्नेछन्।

मर्जर प्रक्रिया टुंगिएपछि नबिल बैंककै नामबाट एकीकृत कारोबार हुनेछ। जेठभित्र मर्जर सकेर एकीकृत कारोबार गर्ने बैंकको योजना छ।

प्रकाशित : ५ जेष्ठ २०७९, बिहीबार १४:३६