के हो मार्जिन लेण्डिङ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

के हो मार्जिन लेण्डिङ ?



marjen-landingप्राथमिक बजारमा विभिन्न कम्पनीले जारी गरेको धितोपत्रमा लगानी गर्न बित्तीय संस्थाले ऋण सुविधा उपलब्ध गराउनसक्ने व्यवस्था छ । नेपाल राष्ट्रबैंकको मार्जिन ऋण सम्बन्धी निर्देशन अनुसार कुनै कम्पनीले सेयर निश्कासन गरेको ७ दिनसम्म बैंक तथा वित्तीय संस्थाले ऋण दिन नपाउने र यदि ७ दिनमा पनि सो सेयर बिक्री हुन नसकेमा सेयरको माग गरिएको मूल्यको ५० प्रतिशतसम्म ऋण दिन पाउने व्यवस्था गरिएको छ । यसरी ऋण उपलब्ध गराउने तरिकालाई वित्तीय संस्थामा मार्जिन लेण्डिङ भनिन्छ ।

मार्जिन लेण्डिङ गर्दा बित्तीय संस्थाले आवेदन दिएको सेयर नै धितोको रुपमा राख्छन् र सेयर बाँडफाँड भई बाँडफाँडमा नपरेका तथा आंशिक रुपमा परेका लगानीकर्तालाई बाँकी रकम फिर्ता गरुञ्जेलसम्मको ब्याज लिने गर्छन् । यस्तो ब्याजदर बित्तीय संस्थापिच्छे फरक हुने गर्छ भने लगानी गर्ने रकमअनुसार पनि ब्याजदर फरक पर्ने गर्छ । वित्तीय संस्थाले ब्याजदरको अलावा सेवा शुल्कको रुपमा ऋणको निश्चित प्रतिशत रकम ऋणिबाट लिने गर्छन् र यो पनि वित्तीय संस्थाअनुसार फरक हुने गर्छ ।

प्रकाशित : ११ असार २०७४, आईतवार ०५:१७