आयातमा भइरहेको ठूलो खर्चले शोधनान्तर घाटालाई बढायो : डा. मिनेन्द्र रिजाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आयातमा भइरहेको ठूलो खर्चले शोधनान्तर घाटालाई बढायो : डा. मिनेन्द्र रिजाल



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आयातमा भइरहेको ठूलो खर्चले शोधनान्तर घाटालाई बढाएको भन्दै उनले कृषि उपज, खाद्यान्न, लत्ताकपडा आयात रोक्नुपर्ने बेला भएको बताएका छन् ।

संसदमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफलमा बोल्दै उनले वार्षिक ३ खर्ब ३० अर्बको खाद्यान्न र कृषि आयात प्रतिस्थापन गर्न सोच्ने बेला आएको र लत्ताकपडाको आयात ४० अर्बबाट बढेर १४५ अर्ब पुगेको बताए ।

उनले यसका लागि सबै पक्ष अर्थतन्त्र संकटको विषयमा गम्भीर हुन आग्रह गरेका छन् । साथै उनले रेमिट्यान्स र भन्सार करबाट प्राप्त हुने राजस्व चलाउने जमातको जन्म भएको भन्दै उनले राजश्वको दुरुपयोग रोक्न पनि आग्रह गरे ।

प्रकाशित : ५ जेष्ठ २०७९, बिहीबार १८:२४