एभरेष्ट बैंकको लुम्बिनीको परासीमा नयाँ शाखा विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एभरेष्ट बैंकको लुम्बिनीको परासीमा नयाँ शाखा विस्तार



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लुम्बिनीको परासीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले लुम्बिनीको परासीमा आफ्नो ११६ औं शाखा सञ्चालनमा ल्याएको हाे ।

उक्त सुविधाको नवलपरासी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नवलपरासी चेम्बर अफ कर्मसका अध्यक्ष केशब प्रसाद भण्डारीले बिहीबार उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले परासीका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरे।

बैंकले हाल आफ्ना ११६ शाखा, ३१ राजस्व काउन्टर र १५० वटा एटीएम आउटलेट मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : ६ जेष्ठ २०७९, शुक्रबार ११:१०